×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कागबेनीमा बाढीले पुरेको २ बैंकको डेढ करोड रकम भेट्टियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कागबेनीमा बाढीले पुरेको २ बैंकको डेढ करोड रकम भेट्टियो

Artha Sarokar

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आइतबार कागबेनीमा आएको बाढीमा पुरिएको प्रभु र नेपाल इन्भेष्मेन्ट मेगा बैंकको करोडौँ रुपैयाँ भेटिएको छ । ग्रेगान खोतल्ने क्रममा नेपाली सेना, प्रहरी र स्थानीयबासीको समूहले प्रभु र इन्भेष्टमेन्ट मेगा बैंकको करोडौँ रकम भेट्टाएका हुन् ।

बाढीमा पुरिएको प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ शनिबार फेला परेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिएका छन् । केसीका अनुसार अचानक आएको बाढीले प्रभु बैंकको शाखामा पनि क्षति पुर्याको थियो । बैंकको हराएको ५१ लाख बढी रकम सोही बाढीमा पुरिएको थियो ।

त्यस्तै, आइतबार बाढीमै पुरिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ पनि फेला परेको छ । बाढीको प्रभाव कम भएलगत्तै पुनर्निमाणकाका लागि बाढीले थुपारेको गेग्रान खोतल्ने क्रममा बैंकको १ करोड बढी रकम फेला परेको प्रजिअ केसीले बताएका छन् ।

हाल बाढी प्रभावित क्षेत्र कागबेनीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर पुनर्निमाणको काम गरिरहेका छन् । बाढीका कारण गत आइतबार दुवै बैंकमा क्षति पुगेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी