×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काजुको आयात ६४ प्रतिशतले घट्यो, किन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काजुको आयात ६४ प्रतिशतले घट्यो, किन ?

Artha Sarokar

८ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मन्दीका कारण बिलासिताजन्य खाद्यपद्दार्थको माग कम हुँदा काजुको माग घटेको व्यवसायीहरुले बताएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो साउन महिनामा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.७१ प्रतिशतले कम हो ।

गत वर्षको सोहि अवधिमा १२ करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको एक लाख ७६ हजार १६८ किलोग्राम काजु नेपाल भित्रिएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनामा भारत र भियतनामबाट ६३ हजार ९ सय २१ किलोग्राम काजु नेपाल भित्रिएको हो । यसबाट सरकारले दुई करोड ८८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी