×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको नाफा घट्यो, निक्षेप र कर्जा लगानी दुवै बढ्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

कामना सेवा विकास बैंकको नाफा घट्यो, निक्षेप र कर्जा लगानी दुवै बढ्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा घटेको छ । समीक्षा अवधिमा बैंकको नाफा २६.९३ प्रतिशतले घटेको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५९ करोड रुपैयाँ खद नाफा कमाएको थियो । तर, गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासम्म बैंकले ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.९२ प्रतिशतले घटेको छ । त्यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानीमा ४.५५ प्रतिशत र सञ्चालन मुनाफामा २०.०५ प्रतिशतको गिरावट देखिएको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.३१ प्रतिशतबाट बढेर २.९८ प्रतिशत पुगेको छ ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसाले घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ ।

हाल कामना सेवा विकास बैंकको चुक्ता पूँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको निक्षेप भने १५.६० प्रतिशतले बढेको छ भने कर्जा लगानी पनि ३.६६ प्रतिशतले बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: