×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरले थप १९ जना विज्ञ माग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौं महानगरले थप १९ जना विज्ञ माग्यो

Artha Sarokar

२६ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । केही समयअघि विभिन्न पदका लागि विषय विज्ञको लागि आवेदन खुलाएको काठमाडौं महानगरपालिकाले पुनः १९ जना विज्ञको माग गरेको छ । एक सुचना जारी गर्दै महानगरले विभिन्न पदमा १९ जना विषय विज्ञको लागि आवेदन मागेको हो ।

महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ/वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो। त्यस्तै काठमाडौं महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्री/भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको छ ।

महानगरले माग गरेको विषय विज्ञका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर पास गरेको हुनुपर्नेछ ।

त्यस्तै, सम्बन्धित विषयमा कम्तीमा १० वर्ष काम गरी वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यमा ३ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको वा विभिन्न विषयमा १० वर्षभन्दा बढी समय अध्यापन तथा अनुसन्धान गरेको हुनुपर्नेछ । योग्यता पुगेका इन्छुकले सूचना जारी भएको ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी