×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा पानीपुरी, चटपटे बिक्रीमा रोक लगाउने तयारी !

PRIME CA

काठमाडौंमा पानीपुरी, चटपटे बिक्रीमा रोक लगाउने तयारी !

२८ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले पानीपुरी, चटपटेमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । महानगरले बर्खायामभरी पानीपुरी, चटपटेलगायत खुला रुपमा बिक्री वितरण हुने खानेकुराहरुमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

पानीपुरी र चटपटेजस्ता खानेकुराबाट हैजालगायतका रोग छिट्टै सर्ने भएकाले महानगरले बर्खायामभरी महानगरभित्र यस्ता वस्तुको बिक्री वितरणमा रोक लगाउने तयारी गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै, महानगरले खुला दुध बेच्न पनि प्रतिबन्ध लगाउने भएको छ । खुला दुध प्लाष्टिकमा हालेर बेच्ने कार्य मापदण्ड विपरित भएकोले महानगरले यसरी हुने दुधको बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको हो । योसँगै महानगरले बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन अनगुमनलाई कडाई गर्ने भएको छ ।

त्यस्तै, मापदण्डविपरित पानीको जार बिक्री वितरणमा पनि महानगरले कडाई गर्ने भएको छ । अनुगमनका क्रममा पानीको जार कुच्चिएको, लेउ लागेको, फुटेको पाइए जफत गरी कार्वाही गर्ने महानगरले चेतावनी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: