Skip to content
LAXMI SUNRISE BANK

सडकमा निर्माण सामाग्री राख्नेलाई काठमाडौं महानगरले २५ हजार जरिवाना तिरायो

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राख्नेलाई कार्वाही गरेको छ । सोमबार महानगरले वडा नम्बर ९ को रातोपुलमा सडकमै निर्माण सामाग्री राखेको भन्दै रामकुमार थापालाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

सडकमा निर्माण सामाग्री राखेर अवरोध सृजना गरेको भन्दै कार्वाही स्वरुप जरिवाना तिराएको महानगरले जनाएको छ ।

पछिल्लो समय काठमाडौंलाई सुन्दर बनाउने सपना बोकेर अघि बढेको महानगरले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने र सडकमा निर्माण सामाग्री राख्नेहरुलाई कार्वाही गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK