काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा १० अर्व २५ करोड ४१ लाख रुपैयाँ राजस्व असुल गरेको छ । महानगरपालिकाले गत आर्थिक वर्षको लागि १० अर्व ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि महानगरपालिकाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा महानगरपालिकाले १० अर्व ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि आघिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी एक अर्ब ३६ करोड रुपैयाँ बढी असुल भएको काठमाडौं महानगरपालिकाका राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिएका हुन् ।
उनका अनुसार महानगरपालिकाले आन्तरिक आम्दानी लक्ष्य भन्दा ५७ करोड बढी असुल गरेको हो । जसमा सबैभन्दा बढी बहाल करमा दुई अर्ब ५६ करोड रुपैयाँ असुल भएको छ, त्यस्तै सम्पत्ती करमा एक अर्ब आठ करोड रुपैयाँ, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए ।
त्यस्तै, नक्शापास दस्तुरबाट १० करोड ११ लाख रुपैयाँ भन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो काठमाडौं महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो । आर्थिक वर्ष २०७८/०७९ मा जम्मा चार अर्व ४६ करोड आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आर्थिक वर्ष २०७९/०८० मा पाँच अर्व ८२ करोड राजस्व उठाउन सफल छ ।
कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।
गत आर्थिक वर्षमा बाँडफाँटबाट कामपाले एक अर्ब ८५ करोड पाएको छ राजश्व विभाग प्रमुख काफ्लेले भने, ‘अघिल्लो वर्षको तुलनामा एक अर्ब ६८ करोड ९४ लाखले कमी हो । अघिल्लो वर्ष करिब तीन अर्ब ५५ करोड प्राप्त गरेको थियो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्