×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं युथ कनक्लेभ २०८० सम्पन्न, ‘युथ आइकन नेपाल’ पुरस्कार डिआरएस गेमिङलाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौं युथ कनक्लेभ २०८० सम्पन्न, ‘युथ आइकन नेपाल’ पुरस्कार डिआरएस गेमिङलाई

Artha Sarokar

१० भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौँ युथ कनक्लेभ (केवाइसी) २०८० भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शनिबार बिहान ११ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा सुरु भएको थियो ।

कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणाका विचारहरु प्रस्तुत गरेका थिए । त्यस्तै, नेपालकै चर्चित आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरसेफ सन्तोष साह, डिआरएस गेमिङ, क्रिकेटर पारस खड्का, इसेवाका सिइओ जगदिश खड्का लगायतले आ-आफ्ना प्रस्तुति दिएका थिए ।

मोबाइल इगेमिङको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै डिआरएस गेमिङलाई रु. एक लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको छ ।

साँझ ६ बजेसम्म चलेको कार्यक्रममा गायकहरु नितेशजंग कुँवर, समृद्धि राई, कमेडियन सजन श्रेष्ठ लगायतको प्रस्तुती रहेको कार्यक्रम संयोजक राजु टण्डनले जानकारी दिएका थिए । करिब ५ हजार विद्यार्थी तथा युवाहरुको कार्यक्रममा सहभागिता रहेको उनको भनाई छ ।

केवाइसी युवा विद्यार्थीहरुलाई मोटिभेट र इन्स्पायर गर्ने कार्यक्रम हो । नेपालमै रहेर उल्लेख्य प्रगति गरेका ख्यातिप्राप्त व्यक्तिहरुको सफलताका कथा युवामा वितरण गर्नु, नेपाली उत्पादनको प्रवर्द्धन गर्नु, नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र केही हदसम्म भए पनि युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु यो कार्यक्रमको उद्देश्य हो । हरेक वर्ष आयोजना हुँदै आएको यो केवाइसीको चौथो श्रृङ्खला हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी