×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारलाई एमाले अध्यक्ष ओलीको शुभकामना सन्देश- ‘गलत प्रवृतिलाई निरुत्साहित गर्न सञ्चारमाध्यम सक्रिय हुनुपर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अर्थ सरोकारलाई एमाले अध्यक्ष ओलीको शुभकामना सन्देश- ‘गलत प्रवृतिलाई निरुत्साहित गर्न सञ्चारमाध्यम सक्रिय हुनुपर्छ’

Artha Sarokar

२० श्रावण २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गलत प्रवृतिलाई निरुत्साहित गर्न सञ्चारमाध्यम सक्रिय हुनुपर्ने बताएका छन् । अर्थ सरोकार डटकमको सातौँ बार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै ओलीले अराजकताको प्रवर्द्धन गर्ने प्रवृतिलाई निरुत्साहित गर्न संचार क्षेत्र सक्रिय हुनुपर्ने बताएका हुन् ।
उनले अर्थ सरोकार डटकमले तथ्ययुक्त विश्वसनीय र निष्पक्ष भूमिकालाई प्रवर्द्धन गरी अझ सफलता पाओस् भनी कामनासमेत गरेका छन् ।
सातौँ बार्षिकोत्सवको अवसरमा अर्थ सरोकारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शुभकामना:  

शुभकामना

अर्थ सरोकार डटकम आठौ वर्षमा प्रवेश गरेको अवसरमा यसको आठौं वार्षिकोत्सवको भव्य सफलताको कामना गर्दछ । यस अवसरमा प्रकाशन समुहलाई हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछु ।

सञ्चार क्षेत्रको गरिमा विस्तारमा निष्पक्ष र तथ्यगत समाचार प्रस्तुति आवश्यक छ । सञ्चार जगतले निष्पक्षताको अत्यावश्यक छवि गुमाउँदै गयो भने भ्रमपूर्ण र गलत उद्देश्यका अफवाहहरुले स्थान पाउँछन् । सकारात्मक सामाजिक विकासलाई निषेध, अस्थिरता र अराजकताको प्रवर्द्धन गर्ने यस प्रवृत्तिलाई निरुत्साहित गर्न सञ्चार क्षेत्र नै सक्रिय रहनु पर्दछ । अर्थ सरोकार डटकमले तथ्ययुक्त, विश्वसनीय र निष्पक्ष भूमिकालाई प्रवर्द्धन गरी अझ सफलता पाउन सकोस् भन्ने कामना गर्दछ ।

नेकपा (एमाले) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएको संघर्षको समेत अगुवाई गरेको पार्टी हो । त्यसैले प्रेस स्वतन्त्रता प्रतिको हाम्रो निष्ठा व्यवहारसिद्ध छ हाम्रो पार्टीले राष्ट्रका अभिभारा पूरा गर्ने स्पष्ट नीति, योजना, कार्यक्रम र कार्यदिशा सहित ’समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य निर्धारण गरेको छ । यस उद्देश्यलाई प्राप्त गर्न हामी स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरु एवं ती नीति र कार्यक्रमहरुलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यहरु सहित अघि बडिरहेका छौं । अर्थ सरोकार डटकमले नेकपा (एमाले)का यी लक्ष्यहरुलाई जनसमक्ष पुयाउन समाजमा वित्तीय सचेतना जगाउने तथा यस क्षेत्रको विसंगतिलाई उजागर गर्दै नागरिकको पहुँच र दायरालाई फराकिलो पार्न भूमिका निर्वाह गर्दै सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको हाम्रो अभियानलाई जनसमक्ष विस्तार गर्न सहयोग पुयाउने छ भन्ने मेरो विश्वास छ ।

अन्त्यमा, अर्थ सरोकार डटकमको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

केपी शर्मा ओली अध्यक्ष

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी