×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि बिकास बैंकको ‘झुटको खेती विरुद्ध’ प्रदेश पाँच सेयर लगानीकर्ता फोरमको विज्ञप्ति -‘आवश्यक छानविन होस्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कृषि बिकास बैंकको ‘झुटको खेती विरुद्ध’ प्रदेश पाँच सेयर लगानीकर्ता फोरमको विज्ञप्ति -‘आवश्यक छानविन होस्’

Artha Sarokar

२४ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि बिकास बैंकले झुटो वित्तीय विवरण सार्वजनिक गरेको विषयमा प्रदेश पाँच सेयर लगानीकर्ता फोरमले छानविनको माग गरेको छ । फोरमले एक विज्ञप्ति जारी गर्दै बैंकको दोहोरो चरित्रले लगानीकर्ताले क्षति भोग्नु परेकाले नियामक निकायले तत्काल यस विषयमा छानविन गर्नुपर्ने मागसमेत गरेको छ । फोरमले बैंकभित्र भित्री कारोबार भएको हुन सक्ने भन्दै यस विषयमा स्पष्ट पार्नुपर्ने भन्दै आवश्यक छानविनको माग गरेको हो ।

गत शनिबार बैंकले गलत वित्तीय विवरण सार्वजनिक गरेको थियो । यस विषयमा अर्थ सरोकार डटकमले प्राथमिकताका साथ समाचार प्रकाशन गरेपछि बैंकले गलत वित्तीय विवरण सच्याएको थियो । तर विवरण सच्याउने दिनसम्म सो बैंकको सेयर मूल्यमा चलखेल भईसकेको थियो भने सोझा लगानीकर्ता फसिसकेका थिए ।

गलत विवरण सार्वजनिक गर्नु, बैंकका अन्य अधिकारीहरुले फाइनान्स विभागका बासु अधिकारीलाई देखाउनु र बासु अधिकारी यहि समय विदामा बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अझ यो प्रकरणमा ठुला भनिएका लगानीकर्ताका संघ संगठनहरु नबोल्नुलाई झन् ‘यो काम कतै नियोजित त थिएन ?’ भन्ने प्रश्न उठाउने ठाउँ दिएको छ ।
\
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी