×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरणमा नाम मुछिएका पूर्वसभामुख महरा भन्छन्- ‘अनुसन्धानमा सघाउँछु, तर बोलाउँदैनन् त के गर्नु ?’

PRIME CA

सुन तस्करी प्रकरणमा नाम मुछिएका पूर्वसभामुख महरा भन्छन्- ‘अनुसन्धानमा सघाउँछु, तर बोलाउँदैनन् त के गर्नु ?’

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सुन तस्करी प्रकरणमा नाम मुछिएका पूर्वसभामुख कृष्णबहादुर महराले अनुसन्धानमा सघाउन आफू तयार भएको बताएका छन् । सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महराले अनुसन्धानमा सरकारलाई सघाउन आफू तयार रहेको बताएका हुन् ।

अनुसन्धानमा सघाउने भन्दै पटकपटक भने तापनि आफूलाई अनुसन्धानका लागि नबोलाएको महराको भनाई छ । ‘सुन तस्करी प्रकरणमा नाम जोडिनेबित्तिकै अनुसन्धानमा सघाउँछु भनेकै छु ।’, महराले भने, ‘अनुसन्धानका लागि बोलाउनुस् त भनेकै छु नि, बोलाउँदैनन् त के गर्नू ?’

त्यस्तै, महराले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमा मात्रै चिनेको बताएका छन् । तर, सुन तस्करी प्रकरणमा आफ्नो ‘डाइरेक्ट कनेक्सन’ भएको भन्दै भएको प्रचार गलत भएको भन्दै गुनासो गरेका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै महराले विभिन्न सञ्चारमाध्यममा प्रचार भएजस्तो तस्करीसँग सम्बन्धित कुनै पनि संवाद नभएको दाबी गरेका छन् । बरु वाङले आफूलाई भेटेर एकजना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको उल्लेख गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: