काठमाडौं । सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा नाम मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि छानविन गर्न निर्देशन दिएको छ । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गर्ने गिरोहको सम्पर्कमा देखिएका महरा र उनका छोरामाथि छानबिन गर्न निर्देशन दिएको हो ।
सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
योसँगै प्रकरणमा नाम मुछिएका महरा र उनका छोरा राहुलमाथि पनि छानविन गर्ने तयारी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्