×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत् प्राधिकरणका कर्मचारीको सुविधा बढ्यो, कर्मचारीका सन्तानका लागि ५० लाखको छात्रवृत्ति कोष खडा गरिने !

PRIME CA

विद्युत् प्राधिकरणका कर्मचारीको सुविधा बढ्यो, कर्मचारीका सन्तानका लागि ५० लाखको छात्रवृत्ति कोष खडा गरिने !

१ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीको तलव वृद्धि गरेको घोषणा गरेका छन् । शुक्रबार प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले विद्युत् प्राधिकरणमा काम गर्ने कर्मचारीहरुको तलव बढाएको घोषणा गरेका हुन् ।

तलव वृद्धि गर्ने विषयमा सञ्चालक समितिले विभिन्न समयमा गरेको निर्णयका आधारमा सेवा सुविधा वृद्धि गरेको घिसिङले बताएका छन् । घिसिङका अनुसार प्राधिकरणले कर्मचारीहरुलाई हरेक वर्ष वार्षिक उत्सव भत्ताका रुपमा दिँदै आएको १५ हजार भत्तालाई निरन्तरता दिएको छ । त्यस्तै, प्राधिकरणले महिला कर्मचारीलाई प्रशुति भत्ता भने ७ हजार ५ सयबाट वृद्धि गर्दै १५ हजार पुर्याएको छ ।

त्यस्तै, प्राधिकरणले सवारी खरिदमा रु ३ लाखबाट वृद्धि गर्दै ५ लाख रुपैयाँ पुर्याएको छ भने शैक्षिक अनुदान १० हजारबाट बढाएर ३० हजार पुर्याएको छ । यासँगै कर्मचारीलाई प्रदान गर्दै आएको प्रकोप अनुदान २० हजारबाट ४० हजार पुर्याएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन् ।

त्यस्तै, घिसिङले काम गर्दागर्दै कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार रुपैयाँ क्रियाखर्च दिइने पनि घोषणा गरेका छन् । प्राधिकरणका कर्मचारीका सन्तानका लागि ५० लाख रुपैयाँ छात्रवृत्ति कोष खडा गर्ने समेत घिसिङले घोषणा गरेका छन् । त्यस्तै, कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँ थप हुनुका साथै प्रत्येक कार्यालयमा शिशु स्याहार केन्द्र स्थापना गर्ने घोषणा समेत घिसिङले गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: