काठमाडौं । ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ । सरकारी जग्गा हिनामना गर्ने संगठित अपराधमा नाम मुछिएपछि र सर्वोच्च अदालतले पनि छानविन गर्न आदेश दिएपछि सीआईबीले दुवै पूर्वप्रधानमन्त्रीद्वयसँग बयान लिएको हो ।
सीआईबीले नेपाल र भट्टराईसँग गयराती नै बयान लिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् । स्रोतका अनुसार डा.भट्टराईसँग सीआईबीले उनकै निवासमा पुगेर बयान लिएको हो । सीआईबीले नेपालको पनि उनकै निवासमा गएर बयान लिएको हो ।
अनुसन्धान प्रतिवेदन बुझाउने तयारी
संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले ललिता निवास प्रकरणको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन तयार पारेको छ ।
बालुवाटारको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो । उक्त सरकारी जग्गा २०४९, २०६२, २०६४, २०७९ साल गरी चार चरणमा योजनाबद्ध रूपमा सङ् गठित गिरोहले सरकारी कागजात किर्ते गरी, नक्कली हकवालासमेत तयार गरी अवैध रूपमा व्यक्तिको नाममा नामसारी भएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ ।
अनुसन्धान प्रतिवेदनमा ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न मुख्य योजनाकार, सहायक योजनाकार, पक्राउ परेका र फरार प्रतिवादीको सूची नै समावेश छ । प्रतिवेदनमा प्रतिवादी र सरकारी जग्गा हिनामिनाबाट राज्यलाई पुर्याएको क्षतिको बिगो मागसहित प्रतिवेदन तयार भए पनि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउनुपूर्व ती विवरण गोप्य राखिएको छ ।
सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्