×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललिता निवास प्रकरणः ६ जनाले हडपेको जग्गा फिर्ता गरे !

PRIME CA
GLOBAL IME BANK

ललिता निवास प्रकरणः ६ जनाले हडपेको जग्गा फिर्ता गरे !

६ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ललिता निवास प्रकरणमा ६ जनाले जग्गा फिर्ता गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रतिवेदन बुझाउने अन्तिम तयारीको चरणमा ६ जनाले जग्गा फिर्ता गरेको पाइएको हो ।

उनीहरुले ललिता निवासको तीन रोपनी १४ आना दुई दाम जग्गा सरकारको नाममा फिर्ता गर्ने लिखित कागज गरेको पाइएको छ । सीआईबीमा गरिएको कागज अनुसार गीता गौतमले १० आना दुई दाम, गोविन्दलाल संघाईले ६ आना दुई पैसा दुई दाम, नितु गुरुङले एक रोपनी चार आना जग्गा फिर्ता गरेका हुन् ।

त्यस्तै, सिपिका खेतानले सात आना तीन पैसा, सज्जन चाचान र देवासी गोयलले आठ आना र सीता ओझा गौतमले १० आना जग्गा फिर्ता गर्ने कागज गरेका छन् । जग्गा फिर्ता गर्ने कागज गरेसँगै उनीहरुविरुद्ध किर्ते तथा संगठित अपराधको मुद्धा लगाउन सीआईबीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

त्यस्तै, किर्ते गरेर हडपेको जग्गा फिर्ता गर्ने भनेपछि सीआईबीले थप ४८ जनालाई पनि संगठित अपराधको मुद्धा नलगाउने राय दिएको छ ।

झन्डै सात सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले ललिता निवासको २९९ रोपनी नौ आना तीन दाममध्ये १४३ रोपनी छ आना तीन पैसा तीन दाम सरकारी जग्गा योजनाबद्ध रूपमा सङ्गठित समूहले किर्ते गरेको निष्कर्ष निकालेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: