×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईसँग ‘समन्वय गरेर’ सीआईबीले बयान लिने !

PRIME CA

ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईसँग ‘समन्वय गरेर’ सीआईबीले बयान लिने !

२५ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने भएको छ । अनुसन्धानका क्रममा सरकारी जग्गा हिनामिनामा नेपाल र भट्टराईको नाम पनि जोडिएपछि सीआईबीले बयान लिने भएको हो ।

उक्त प्रकरणमा पक्राउ परेकाहरुले पनि ललिता निवास प्रकरणमा तत्कालीन सरकारको नेतृत्व पनि संलग्नता भएको भन्दै छानविनको माग गर्दै आएका थिए । यसैबीच सर्वोच्च अदालतले पनि उक्त प्रकरणका निर्णयकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । सोहीअनुसार सीआईवीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि छानविन गर्ने भएको हो ।

सीआईबी स्रोतका अनुसार हाल पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग ‘समन्वय गरेर’ बयान लिने तयारी गरिएको छ ।

त्यस्तै, उक्त प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ लगायतका हकमा त पक्राउ पुर्जी जारी भएको छ । ललिता निवास जग्गा प्रकरणमा २०६६ र २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले केही विवादास्पद निर्णय गरेको थियो । २०६९ सालमा डा. बाबुराम भट्टराईको सरकारले सरकारी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लैजाने निर्णय गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: