×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर छलीको आशंकामा चर्चित क्लब एलओडीमा राजस्व अनुसन्धानको छापा, कागजात जफत गरी छानविन सुरु !

PRIME CA
GLOBAL IME BANK

कर छलीको आशंकामा चर्चित क्लब एलओडीमा राजस्व अनुसन्धानको छापा, कागजात जफत गरी छानविन सुरु !

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कर छलीको आशंकामा चर्चित ‘नाईट क्लब’ एलओडी (लर्ड अफ ड्रिंक्स)मा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । लामो समयदेखि सरकारलाई तिर्नुपर्ने ठूलो कर छली गर्दै आएको आशंकामा काठमाडौंको ठमेलस्थित उक्त क्लब (एलओडी)मा छापा मारेको हो ।

२७ साउनमा विभागले क्लबमा भएका सम्पूर्ण आर्थिक कारोबार सम्बन्धी विवरण बरामद गरी थप अनुसन्धान सुरु गरेको छ । दैनिक लाखौँको कारोबार हुँदासमेत क्लबले कानुनअनुसार मूल्य अभिवृद्धि कर र आय कर नतिरेको भन्ने उजुरीका आधारमा क्लबमा छापा मारेको विभागका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

एलओडी विश्वकै चर्चित क्लबमध्ये ४९औँ नम्बरमा पर्ने सञ्चालकहरुले दाबी गर्दै आएका छन् । यसअघि नाबालिगलाई क्लबमा प्रवेश गराएको भन्दै एलओडीका सञ्चालकलाई २१ असारमा पक्राउ गरिएको थियो । तर, अदालतले पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश दिएसँगै उनीहरु तारिखमा छुटेका छन् ।

हाल राजस्व अनुसन्धान विभागको टोलीले एलओडीमा प्रयोग हुने सम्पूर्ण सिस्टमको डाटाहरु अनुसन्धानका लागि कपि गरेर ल्याएको छ । एलओडीले कति कर छली गर्यो ? भन्ने विषय भने अनुसन्धानपछि नै खुल्ने विभागका एक अधिकारीको भनाई रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: