Skip to content
LAXMI SUNRISE BANK

लोकसेवाले ३६० जना हलुका सवारी चालकका लागि आवेदन माग्यो

अर्थ सरोकार

काठमाडौं । लोक सेवा हलुका सवारी चालकका लागि आवेदन आह्वान गरेको छ । बुधबार एक सुचना जारी गर्दै लोकसेवाले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको हो ।

आयोगले आह्वान गरेको दरखास्तमा योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

इच्छुक नागरिकले आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जारी सूचनामा उल्लेख गरिएको छ । यस्तो छ सूचनाः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK