×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मदिराको बोत्तलमा प्रयोग हुने प्लाष्टिकको खोल पारदर्शी हुनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL

मदिराको बोत्तलमा प्रयोग हुने प्लाष्टिकको खोल पारदर्शी हुनुपर्ने

२८ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मदिराको बोत्तलमा अनिवार्य रुपमा पारदर्शी प्लाष्टिकको खोल प्रयोग गर्नुपर्ने भएको छ । अन्तःशुल्क टिकटको सुरक्षाका लागि आन्तरिक राजस्व विभागले मदिराजन्य वस्तुको बोत्तलमा अनिवार्य रुपमा पारदर्शी पलाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरेको हो ।

श्रिंक क्याप प्रयोग गर्नुपर्ने नियम कार्यान्वयन सम्बन्धी एक सूचना जारी गर्दै विभागले असोज १ गतेदेखि अनिवार्य रुपमा मदिराको बोत्तलमा पारदर्शी प्लाष्टिकको खोल प्रयोग गर्न निर्देशन दिएको हो ।

विभागले अन्तःशुल्क नियमावली २०५९ मा भएको २४औँ संशोधनले २०८० साल असोज १ गते देखि पैठारी गर्ने इजाजतपत्रवालाले समेत पैठारी गरेको मदिरा (बियर, वाइन र साइडर बाहेक) को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लाष्टिकको खोल ( कि क्याप) प्रयोग गर्नु पर्ने व्यवस्था सहित नियम २९गमा संशोधन गरेको छ ।

अन्तःशुल्क नियमावली २०५९ को उल्लिखित व्यवस्था अनुसार २०८० साल असोज १ गते देखि पैठारी गर्ने इजाजतपत्रवालाले पैठारी गरेको मदिरा ( बियर, वाइन र साइडर बाहेक) को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लाष्टिकको खोल (चिंक क्याप) प्रयोग गर्न आवश्यक तयारी एवम् उक्त प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

विभागले जारी गरेको व्यवस्था असोज १ गतेदेखि लागू हुनेछ । उल्लेखित कानुनी व्यवस्थाको उल्लंघन गरेको पाइए प्रचलित कानुन बमोजिक कार्वाही गर्ने विभागले चेतावनी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी