काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा ४७ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ४७.९५ प्रतिशतले घटेको जनाएको हो ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा भने ४२.५७ प्रतिशतले घटेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो । त्यस्तै, यसअवधिमा बैंकको वितरणयोग्य नाफा पनि १९.९३ प्रतिशतले घटेर ३३ करोड ६३ लाख रुपैयाँमा झरेको छ ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २०.१८ प्रतिशत र कर्जा लगानी ६.९५ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकको खराब कर्जा २.४३ प्रतिशतबाट बढेर ३.५१ प्रतिशतमा आएको छ । नाफसँगै महालक्ष्मी विकास बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि २२ रुपैयाँ ५६ पैसाबाट घटेर ११ रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्