×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मालपोत कार्यालयबाट ३० करोड ८४ लाख राजस्व संकलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मालपोत कार्यालयबाट ३० करोड ८४ लाख राजस्व संकलन

Artha Sarokar

२४ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जिल्ला मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७९/८० मा ३० करोड ८४ लाख ३ हजार ५४ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ४४ करोड ६८ लाख चार हजार छ सय ६४ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिएका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा रजिस्ष्ट्रेशन दस्तुरबाट १५ करोड ८० लाख पाँच हजार चार सय १७ रुपैयाँ, पुँजीगत लाभकर ११ करोड ३९ लाख ५७ हजार १५ रुपैयाँ, रोक्का दस्तुर धितोसमेत गरी ३ करोड १८ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

त्यसैगरी, नामसारी संशोधनबाट ६२ लाख ६८ हजार ८ सय १७, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर ११ हजार ८ सय ५ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको थियो ।

सङ्कलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत सङ्कलन भएको ११ करोड ३९ लाख ५७ हजार १५ सङ्घीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने उनको भनाइ थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी