×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माण्डु हाइड्रोपावरले प्रिमियममा आइपीओ जारी गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

PRIME CA

माण्डु हाइड्रोपावरले प्रिमियममा आइपीओ जारी गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माण्डु हाइड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले भदौ १० गते देखि  सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँको दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो । जसमध्ये २८ हजार ८ सय ५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

सर्वसाधारणले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ २४ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: