×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माण्डु हाईड्रोपावरद्वारा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुमा निष्काशीत सेयर बाँडफाँड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माण्डु हाईड्रोपावरद्वारा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुमा निष्काशीत सेयर बाँडफाँड

Artha Sarokar

२२ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माण्डु हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुमा निष्काशीत सेयर बाँडफाँड गरेको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १ लाख ३६ हजार ३ सय ६४ कित्ता सेयर बाँडफाँड गरेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हो । उक्त सेयरमा १० कित्ता देखि १५ सय कित्तासम्म आवेदन दिने १३ हजार ६ सय ३६ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि १५ सय कित्तासम्म आवेदन दिने ५ हजार ६ सय ६५ जना मध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी १ लाख ३६ हजार ३ सय ६४ कित्ता सेयर बाँडफाँड भएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी