×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली डाक्टरलाई ‘वर्किङ भिसा’मा कुवेत पठाउने भन्दै ओगेमा म्यानपावरले गरेको ठगी छताछुल्ल !

PRIME CA
GLOBAL IME BANK

नेपाली डाक्टरलाई ‘वर्किङ भिसा’मा कुवेत पठाउने भन्दै ओगेमा म्यानपावरले गरेको ठगी छताछुल्ल !

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली डाक्टरलाई कुवेत पठाउने म्यानपावरको ठगी धन्दा खुलेको छ । वर्किङ भिसामा नेपाली डाक्टरलाई कुवेत पठाउने भन्दै विज्ञापन गरेको ओमेगा इन्टरनेशनल प्रालीको ठगीधन्दा बाहिरिएको हो ।

सामाजिक सञ्जानलमा कम्पनीले रोजगारीका लागि विज्ञापन गरेपछि छानविन गरेको वैदेशिक रोजगार विभागले ठगी धन्दा पत्ता लगाएको हो । विभागका अनुसार इजाजत प्राप्त म्यानपावर कम्पनीले मात्रै विभागको पूर्वस्वीकृतिपछि सामाजिक सञ्जालमा रोजगारीका लागि विज्ञापन गर्न पाउँछन् । तर, ओगेमा इन्रनेशनल प्रालिले बिना स्वीकृति वर्किङ भिसामा डाक्टर पठाउने भन्दै विज्ञापन गरेको थियो ।

यसरी कम्पनीले सामाजिक सञ्जालमा विज्ञापन गरेपछि विभागले कम्पनीमाथि छानविन गरेको थियो । छानविनका क्रममा कम्पनीले ठगी गर्ने उद्धेश्यले यसरी रोजगारीको विज्ञापन गरेको पाइएको विभागका एक उच्च अधिकारीले बताएका छन् । ‘यसरी अनुमति बिना कसैले पनि सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको विज्ञापन गर्न पाउँदैनन् । तर, यो कम्पनीले विज्ञापन गरेको देखिएपछि छानविन गरेका हौँ ।’, ती अधिकारीले भने, ‘छानविनबाट कम्पनीको ठगी धन्दा बाहिर आएको छ । यो कम्पनीले व्यक्तिगत रुपमा पनि रोजगारीका लागि विदेश पठाउने शंकास्पद काम गरेको पाइएको छ ।’

त्यस्तै, अक्सअन इन्टरनेसनले भने आफ्नो संस्थाको भवन भित्र अन्य दुई वटा संस्था राखेर एजुकेसन इन्स्टिच्युट तथा कन्सल्टेन्सी समेत चलाएको र वर्किङ भिसाको प्रलोभनमा सन्देशपूर्ण कारोबार गरेको पाइएको छ ।

छानविनका क्रममा यी दुवै कम्पनीले ठगी धन्दा चलाएको पाइएपछि दुवै कम्पनीलाई निलम्बन गरिएको छ । त्यस्तै, यसरी सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने रोजगारीका विज्ञापनमा पनि विश्वास नगर्न विभागले आग्रह गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: