×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योग मन्त्रीलाई किरण साहले भने-‘गरुडा चिनिमिलको एक अंश पनि अन्यत्र जानु हुँदैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उद्योग मन्त्रीलाई किरण साहले भने-‘गरुडा चिनिमिलको एक अंश पनि अन्यत्र जानु हुँदैन’

Artha Sarokar

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रौतहटका उखु किसानहरुले श्रीराम सुगर मिल्स पुनःसञ्चालन ल्याउन माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएका छन् ।

आइतबार स्वतन्त्र सांसद किरणकुमार साह र गरूडा चिनीमिल बचाउ संघर्ष समितिका संयोजक चुनचुन साहलगायतका टोलीले सिंहदरबारस्थित उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर मिल सञ्चालनका लागि पहल लिन आग्रह गरेका हुन् ।

उनीहरूले रौतहटको गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड अप्रत्याशित रुपमा २०७७ साल श्रावण ११ गतेदेखि बन्द गर्ने सूचना प्रकाशित हुनु र २०८० श्रावण ४ गते बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेको घटनाप्रति किसानहरुको ध्यानाकर्षण भएको बताए ।

उनीहरुले उद्योग स्थापनाको समयमा स्थानीयहरुले भविष्यको लागि भन्दै जग्गा सहुलियतमा उद्योग खोल्न बिक्री गरेको र अहिले बन्द भएसँगै किसानहरुलाई दैनिकी चलाउनै असहज भएको बताएका थिए ।

साथै, उनीहरुले अप्रत्याशित रुपमा गरिएको टेण्डर प्रक्रिया रद्ध गर्नुपर्ने, उद्योग सञ्चालनमा राज्य पक्षले आवश्यक समन्वय एवं सहयोग गरी सञ्चालन गर्नुपर्ने, उद्योगको नाम र स्वामित्वमा रहेको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाउने, उद्योगलाई धराशायी बनाउने कर्मचारी तथा दलालहरुलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग सहितको ज्ञापनपत्र मन्त्री रिजालाई बुझाएका छन् ।

रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सान्सद किरणकुमार साहले किसानहरुका माग नजरअन्दाज भए जनसंघर्षका कार्यक्रम थालनी हुने चेतावनी समेत दिए । सान्सद साहले स्थानीय जनताले सो चिनीमिलको एक अंश पनि अन्यत्र लग्ने प्रयास भए जनताले प्रतिकार गर्ने पनि बताए । सांसद साहले मन्त्री रिजालसँग सो चिनिमिल संचालनका लागि गोल्छा अर्गनाइजेसन र संघर्श समितीबीच वार्ताको लागि समन्वय गरिदिन समेत आग्रह गरे।

ज्ञापनपत्र ग्रहण गरेसँगै मन्त्री रिजालले सरकारको कानूनले भनेअनुसार मिल्स उद्योगको काम कारबाही अघि बढाउने प्रतिवद्धता जनाएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी