×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयको प्लेन चढ्ने यात्रुलाई ‘मेडिकल रिपोर्ट’ अनिवार्य !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयको प्लेन चढ्ने यात्रुलाई ‘मेडिकल रिपोर्ट’ अनिवार्य !

Artha Sarokar

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालय एयरलाइन्सले उडानमा सहभागी हुने यात्रुको लागि ‘मेडिकल रिपोर्ट’ अनिवार्य गरेको छ । देशभर आँखा पाक्ने रोग फैलिएपछि एयरलाइन्सले विमानमा ‘फिट टु फ्लाई’ मेडिकल रिपोर्ट अनिवार्य गरेको हो ।

हाल प्रकोपका रुपमा फैलिएको आँखा पाक्ने रोग छिट्टै सर्ने भएकाले पनि सुरक्षा दृष्टिकोणले ‘मेडिकल रिपोर्ट’ अनिवार्य गरेको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका अनुसार अबदेखि हिमालय एयरको विमानमा यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा आफ्नो मेडिकल रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ ।

यसरी हिमालय एयरलाइन्सको नियमित उडानमा सहभागी हुने यात्रुले ल्याउने मेडिकल रिपोर्ट मान्यता प्राप्त स्वास्थ्य चौकीबाट जारी भएको हुनुपर्नेछ ।

हाल हिमालय एयरलाइन्सले ४ वटा जहाजमार्फत संयुक्त अरब इमिरेट्स्, मलेसिया, कतार, साउदी, अरेबिया, कुवेत, बंगलादेश, चीन लगायतका देशहरुमा उडान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी