×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, कति जनाले पाए सेयर ?

PRIME CA

मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, कति जनाले पाए सेयर ?

६ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मिड सोलु हाईड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो ।

हाइड्रोपावरको जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ७ लाख ४८ हजार ४ सय कित्ता सेयर मध्ये ७४ हजार ८ सय ४० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले साउन १४ गतेदेखि साउन २८ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको थियो ।

उक्त साधारण सेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पुर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधन गरी सोको बाँडफाँड गरिएको बिक्री प्रबद्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ ।

निष्काशनको समयमा सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट ३१ हजार ५ सय २२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २ सय कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो । सो मध्ये सम्बन्धित सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट १ हजार ८ सय ६७ जना आवेदकहरुबाट ५८ हजार ६ सय ४० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् बाँकी रहेका २९ हजार ६ सय ५५ जना आवेदकहरुबाट ६ लाख ४५ हजार ५ सय ६० कित्ता सेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको थियो ।

त्यस्तै, प्राप्त आवेदनहरु रुजु गर्दा ७ जना आवेदकबाट २६० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएको हुँदा उक्त आवेदनहरुलाई रद्द गरी रितपूर्वक आवेदन प्राप्त २९ हजार ६ सय ४१ जना आवेदकहरुबाट ६ लाख ४५ हजार ३ सय कित्ता सेयर खरिदको लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि ३ हजार कित्ता सम्म सेयर खरिद आवेदन गर्ने ७ हजार ४ सय ८४ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता सेयरको दरले ७४ हजार ८ सय ४० कित्ता सेयर निष्काशन तथा बिक्री प्रबन्धक निष्काशन कर्ता कम्पनी र प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि. का प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँड गरिएको जनाईएको थियो ।

साथै बाँडफाँडको नतिजा क्यापिटलको वेबसाईट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेबसाईट बाट हेर्न सकिने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: