×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेथानचोक गाउँका किसानलाई दूधमा अनुदान वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बेथानचोक गाउँका किसानलाई दूधमा अनुदान वितरण

Artha Sarokar

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बेथानचोक गाउँपालिकाका किसानलाई दूध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दूध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दूधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेको जनाईएको छ ।
आधुनिक कृषि सहकारी संस्थाले थानी महाङ्काल डेरीमार्फत दूध बिक्री गर्ने कृषकलाई अनुदान रकम वितरण गरेको हो । सहकारीले थप अनुदान माग गरेको १० लाख ५८ हजार ३६ लिटर दूधमध्ये १० लाख ५२ हजार लिटर दूधमा अनुदान रकम प्राप्त गरेको बेथानचोक-२ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिएका हुन् ।
उनका अनुसार सहकारीमा आवद्ध किसानलाई बागमती प्रदेश सरकारले दूध उत्पादनमा आधारित रहि प्रतिलिटर दूधमा तीन रुपैयाँ ५६ पैसा अनुदान दिएको रकम हस्तान्तरण गरिएको हो । यस्तै सहकारीमार्फत बेथानचोकको २ र ३ नं वडाका एक सय ९६ किसान र पनौती नगरपालिकाका ९९ किसानले थप अनुदान रकम पाएका छन् ।
सहकारीले १० लाख ५८ हजार लिटर दूधमा रु ३७ लाख ४८ हजार पाँच सय ८३ अनुदान रकम पाएकामा बेथानचोकका किसानले रु २६ लाख नौ हजार छ सय १५ र पनौतीका किसानले रु ११ लाख ३८ हजार नौ सय ३८ प्राप्त गरेका हुन् । एक किसानले कम्तीमा रु चार हजार तीन सय ४३ देखि अधिकतम रु ५० हजारसम्म अनुदान पाएका हुन् ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वर्ष दिन किसानले बिक्री गरेको दूधको परिमाणका आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानलाई पशुपालनमा आकर्षित गरी थप दूध उत्पादन गर्न उत्प्रेरणा दिएको बताएका थिए ।
उनले युवा तथा किसानलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम र तथ्याङ्क सङ्कलन सकिएपछि ‘किसान परिचयपत्र’ वितरण गरिने तयारी गरिएको जानकारी दिएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी