Skip to content
LAXMI SUNRISE BANK

कम गुणस्तरको दाना उत्पादन गर्ने दुई दाना कम्पनीविरुद्ध मुद्धा दायर

अर्थ सरोकार

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो ।

उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिएका छन् । उनीहरुलाई दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो । दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरी मुद्दा दर्ता गरिएको अधिकारीले बताएका छन् ।

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिम दानाको नमूना सङ्कलन गरी २८ कम्पनीको परीक्षणका लागि पठाएको थियो । यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीलाई कार्वाहीको लागि सिफारिस गरिएको थियो । चिया र मह उत्पादन गर्ने कम्पनीबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

त्यस्तै कार्यालयले गत आवमा एक सय विभिन्न खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको छ । पचासी पटक खाद्य बजार अनुगमन, २४ पटक दाना बजार अनुगमन, ६० वटा होटलको अनुगमन, ५९ खाद्य उद्योग र १४ दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिएको अधिकारीले जनाकारी दिएका छन् । चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको उनले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK