×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमायो, खुद नाफा ७६ प्रतिशतले बढ्दा ईपीएस ९ रुपैयाँले बढ्यो

PRIME CA

बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमायो, खुद नाफा ७६ प्रतिशतले बढ्दा ईपीएस ९ रुपैयाँले बढ्यो

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नबिल बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

असार मसान्तसम्म बैंकले कमाएको उक्त नाफा आघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो ।

त्यस्तै, गत आर्थिक वर्ष २०७९ ८० को अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर १४ रुपैयाँ ६४ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८३.६२ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८८.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७५.३७ प्रतिशत बढेको छ ।

नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ १८ पैसा बढेर २७ रुपैयाँ ८२ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको छ ।

२७ अर्ब ५ कराड करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप २१.६५ प्रतिशत बढेको छ भने कर्जा लगानी १०.८२ प्रतिशत बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: