×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

Artha Sarokar

१० भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्य प्रसाद दहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा बिमलेश यादव चयन भएका छन् ।  त्यसैगरी सदस्यहरुमा प्रदिप अधिकारी, सल्यान के.सी, निशा खतिवडा, रविन बि.क, प्रकाश गौतम रहेका छन् । महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेका छन् ।

उक्त अधिवेशनको उद्धघाटन समारोहमा नेपाली कांग्रेसका सह-महामन्त्री तथा सांसद बद्रि पाण्डेले सम्बोधन गर्नु भएको थियो । त्यसैगरी, विषेश अतिथीको रुपमा नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुंवरले ट्रेड युनियनको भुमिका बारे धारणा राखेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी