×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली ४७ हजार नेपाली नोटसहित दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नक्कली ४७ हजार नेपाली नोटसहित दुई जना पक्राउ

Artha Sarokar

३२ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । बिहीबार प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले ४७ हजार रुपैयाँ नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका दिलिप राई र विजय बस्नेत रहेका छन् । उनहरुको साथबाट ४७ हजार नक्कली नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको दुवैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

केहीदिन अघिमात्रै काठमाडौंबाट प्रहरीले ५२ लाख ७५ हजार रुपैयाँ नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी बढिरहेको भन्दै प्रहरीले सचेत रहन पनि सबैलाई आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी