×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७ हजार नक्कली नोटसहित सुनसरीबाट एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

१७ हजार नक्कली नोटसहित सुनसरीबाट एक जना पक्राउ

Artha Sarokar

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुनसरीमा नेपाली नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको रामधुनी नगरपालिका १ हनुमान मन्दिरबाट प्रहरीले साढे १७ हजार नेपाली नक्कली नोटसहित प्रहरीले ३७ वर्षीय रोशन चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट प्रहरीले पाँच सय रुपैयाँ दरका ३५ वटा नेपाली नक्कली नोट बरामद गरेको छ ।

रोशनलाई शनिबार दिउँसो प्रहरीले खाजा खाएर नक्कली नोट दिएको सूचनाका आधारमा पक्राउ गरेको हो । उनले स्थानीय बिक्रम चौधरीले सञ्चालन गरेको थारु कटेजमा खाजा खाएर पैसा तिर्ने बेलामा नक्कली नोट दिएका थिए । उनले दिएको नोट नक्कली भन्ने थाहा पाएपटि कटेज सञ्चालकले दिएको सूचनाका आधारमा रोशनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरी कार्यालय सुनसरीका अनुसार रोशनलाई इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि उनलाई आवश्यक इलाका प्रहरी कार्यालय पकली पठाइएको प्रहरीले जनाएको छ ।

कसरी चिन्ने नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ । (भिडियो)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी