×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल विद्युत प्राधिकरणले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने

PRIME CA

नेपाल विद्युत प्राधिकरणले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने

१ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । प्राधिकरणको ३८औं वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले यस्तो बताएका हुन् ।

उनले प्राधिकरणको तेस्रो आर्थिक पुन:संरचना स्वीकृति पश्चात आइपीओ जारी गर्ने जनाएका हुन् । उनले भने, ‘इन्टरनेशनल क्रेडिट रेटिङ एसोसिएशनले प्राधिकरणको आर्थिक अवस्थाको मुल्याङ्कन गरी डबल ए प्लस रेटिङ्ग गरेको छ । प्राधिकरणको तेश्रो आर्थिक पुन:संरचना स्वीकृति प्राप्त हुने चरणमा रहेको छ । सोको स्वीकृति पश्चात प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम मुल्यमा सेयर जारी गर्न सक्ने छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: