×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १३ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

PRIME CA

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १३ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब २९ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १३.१४ प्रतिशतले बढी हो ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर  १२ अर्ब २७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो ।

अघिल्लो वर्ष १.४९ प्रतिशत रहेको बैंकको खराब कर्जा असार मसान्तसम्ममा बढेर ४.३५ प्रतिशत पुगेको छ । जसका कारण लोन लस प्रोभिजनमा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम छुट्याउनु परेको छ । नेपाल इन्भेष्टमेन्ट मेगाको चुक्ता पुँजी ३४ अर्ब १२ करोड बढी पुगेको छ । रिजर्भ कोष ६६.२० प्रतिशतले बढेर करिब २४ अर्ब रुपैयाँ पुगेको छ ।

यता, चुक्ता पुँजीमा भारी वृद्धि भएका कारण खुद नाफा बढेपछि प्रतिसेयर आम्दानी केही दबाबमा आएको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ४.६७ प्रतिशतले घटेर १६.०७ रुपैयाँमा सीमित भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: