×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेदरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ४४ लाख ५० हजार रुपैयाँ ठगी

LAXMI SUNRISE BANK
GLOBAL

नेदरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ४४ लाख ५० हजार रुपैयाँ ठगी

१६ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेदरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. १३ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मा पक्राउ परेका हुन् ।

उनले बिक्रम कार्की सहित ६ जनालाई वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने र नेदरल्याण्ड पुगेपछि प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिन्छु मासिक २ लाख बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेर रकम ठगी गरेका थिए ।

उनले पीडितहरूबाट पटकपटक गरी ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई साउन १५ गते मण्डिखाटारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बर्मालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी