×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकले ११.९९ प्रतिशत ब्याजमा १२ करोडसम्म सेयर धितो कर्जा सजिलै दिने, १.८१ प्रतिशत प्रिमियम !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया बैंकले ११.९९ प्रतिशत ब्याजमा १२ करोडसम्म सेयर धितो कर्जा सजिलै दिने, १.८१ प्रतिशत प्रिमियम !

Artha Sarokar

२६ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंकले सेयर धितो कर्जा सजिलै दिने भएको छ । बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा योजना सार्वजनिक गर्दै सहज रुपमा कर्जा प्रवाह गर्ने जनाएको हो । बैंकले सार्वजनिक गरेको सूचना अनुसार सेयर धितो कर्जा ११.९९ प्रतिशत ब्यादरमै दिने भएको छ ।

यसो त बैंकले साउन २५ गते (बिहीबार) नै सेयर धितो कर्जा सजिलै दिन बैंकका सबै शाखाहरुमा सर्कुलर नै जारी गरिसकेको छ । औसत बेस रेटमा १.८१ प्रतिशत प्रिमियम जोडेर ११.९९ प्रतिशत ब्याजमा सेयर धितो कर्जा दिन बैंकले सर्कुलर जारी गरेको हो ।

बैंकका अनुसार अठोट सेयर धितो कर्जा योजनामा न्यूनतम रु.५० लाखदेखि अधिकतम १२ करोड रुपैयाँसम्म १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नविकरण गर्न सकिने) का लागि सहज रुपमा कर्जा प्रवाह गरिनेछ । त्यस्तै, अठोट घर कर्जा योजनामा ऋणीहरुले न्यूनतम रू.२५ लाखदेखि अधिकतम १२ करोडसम्म २५ वर्षसम्मका लागि आकर्षक तथा न्यूनतम ब्याजदरमा कर्जा उपभोग गर्न सक्नेछन् ।

अठोट घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले निजी आवासीय घर खरिद, निजी आवासीय अपार्टमेन्ट खरिद, निजी आवासीय घर निर्माण, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । योसँगै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा पनि सहज रुपमा एनआईसी एशिया बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले सार्वजनिक गरेको अठोट साना व्यवसाय कर्जा योजनामा ग्राहकहरुले न्यूनतम रू.२५ लाखदेखि अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । जसमार्फत ग्राहकहरुले आफ्नो व्यवसाय सञ्चालन तथा विस्तार गर्न सक्नेछन् । बैंकका अनुसार यो कर्जाको अवधि अधिकतम १५ वर्ष कायम गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी