काठमाडौं । एनआईसी एशिया बैंकले साढे ४ अर्ब खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी अर्थात ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको हो ।
समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७७ पैसाले बढेर ४० रुपैयाँ २२ पैसा पुगेको छ । बैंकको यो ईपीएस वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै हो ।
त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले कुल २ खर्ब ७१ अर्ब कर्जा व्यवसायतर्फ लगानी गरेको छ भने कुल ३ अर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा भने ०.८० प्रतिशतमा झरेको छ ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा बैंकको आरओआई १७.०७ प्रतिशत रहेको छ । योसँगै यस अवधिमा कुल कर्जा लगानीको करिब ८८ प्रतिशत कर्जा साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरुमा विस्तार गरिएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्