×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकको नाफा र ईपीएस दुवै बढ्यो, कर्जा र निक्षेपमा पनि सुधार, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

PRIME CA

एनएमबी बैंकको नाफा र ईपीएस दुवै बढ्यो, कर्जा र निक्षेपमा पनि सुधार, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत आर्थिक वर्षको तुलनामा ३.६३ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २१.०१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.११ प्रतिशत बढेको छ ।

सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफामा दबाब परेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६५ पैसा बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनएमबी बैंकको जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको निक्षेप १३.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ८.२२ प्रतिशतले बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: