×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिकले भित्र्यायो दुई अनुभवी चिकित्सक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नर्भिकले भित्र्यायो दुई अनुभवी चिकित्सक

Artha Sarokar

३२ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपिडी सेवा थालेका छन् । वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन् ।

डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०ः३० बजेसम्म ओपिडीमा उपलब्ध हुनेछिन् । यस्तै, डा. आचार्य प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म नर्भिक अस्पतालमा रहनेछन् ।

डा. बिष्ट प्रोफेसर पनि हुन् । उनीसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको छ । यस्तै, डा. आचार्य पछिल्लो समय रुचाइएका मधुमेह विशेषज्ञ हुन् ।

दुवै चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी