×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओटीपी, पिन कोर्ड र पासवर्ड कसैलाई नदिन राष्ट्र बैंकको आग्रह…

PRIME CA

ओटीपी, पिन कोर्ड र पासवर्ड कसैलाई नदिन राष्ट्र बैंकको आग्रह…

अर्थ सरोकार

१९ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीसँग सम्बन्धित ओटिपी, पिन कोर्ड वा पासवर्ड कसैलाई नदिन आग्रह गरेको छ । पछिल्लो समय बैंक खाताबाटै रकम चोरी हुने घटना बढेपछि राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देशमूलक सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकले आफ्नो मोबाइल बैंकिङ वा डिजिटल भुक्तानीसँग सम्बन्धित ओटीपी, पिन कोर्ड र पासवर्ड नदिन आग्रह गरेको छ ।

बैंक तथा डिजिटल भुक्तानीसँग सम्बन्धित व्यक्तिगत विवरण पिन कोर्ड, ओटिपी र पासवर्डजस्ता गोप्य विवरण बैंक तथा वित्तीय संस्थाले नमाग्ने हुनाले यस्ता विवरण कसैलाई नदिन राष्ट्र बैंकले आग्रह गरेको हो । पछिल्लो समय फोन, म्यासेज वा अनलाइनबाट बैंकको नक्कली प्रतिनिधि बनेर गोप्य विवरण मागी रकम चोरी गर्ने गिरोह सक्रिय छ । यसर्थ सबैलाई सेचत रहन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: