काठमाडौं । नेपाल टेलिकमले दश लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको जनाएको छ । टेलिकमले बुधबार एक सूचना जारी गर्दै १० लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको जनाएको हो ।
टेलिकमका अनुसार ढुवानीका क्रममा सी.नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्डहरु हराएका हुन् ।
उल्लेखित सि.नं. भएका रिचार्ज कार्डहरु भेटिएमा खरिद तथा बिक्री वितरण नगर्न टेलिकमले आग्रह गरेको छ । त्यस्तै, यी सि.नं. भएका रिचार्ज कार्डहरु भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन पनि टेलिकमले आग्रह गरेको छ ।
तर, टेलिकमले रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाए पनि आन्तरिक रुपमा कर्मचारीले नै चोरेको आशंका गरिएको छ । सो विषयमा पनि आन्तरिक रुपमा थप छानविन भईरहेको टेलिकम स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्