काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाफा ६६ करोडले घटेको छ । गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म टेलिकमको नाफामा ७.८६ प्रतिशतको गिरावट आएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा टेलिकमले कुल ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी टेलिकमले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । योबीचमा टेलिकमको नाफा ६६ करोड ६२ लाख ७ हजार रुपैयाँले घटेको छ ।
त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको कुल आय ४९ करोड ३६ लाख १६ हजारले वृद्धि भएर ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी भने १ अर्ब ११ करोड ५८ लाख ५८ हजारले घटेर ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ । सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी भने वार्षिक ४३ रुपैयाँ ३६ पैसा रहेको छ ।

नाफा घटेसँगै टेलिकमले गत आर्थिक वर्षमा नाफा घट्नुका ८ कारण खुलाएको छ । जसलाई कम्पनीले यसरी प्रस्तुत गरेको छः
१. रोमिङ सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाख वृद्धि भएको छ । गत वर्षको तुलनामा सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्चहरूमा वृद्धि भएको छ । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १ अर्ब ८५ करोड ७७ लाखले वृद्धि भएको छ ।
२. विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु.२२ करोड २४ लाख फरेन एक्सचेन्ज गेन भएको छ ।
३. डोमेस्टिक अन्तरआबद्धता शुल्कमा परिमार्जन भएको छ । कम्पनीद्वारा व्यापक रूपमा देशैभरि फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरू बढ्दै गएको कारण ओटीटी सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा करिब रु. ६८ करोड ३७ लाखले कमी भएको छ ।
४. मौसमको प्रतिकुल असरले गर्दा बिद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको।
५. आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रूपमा कमी आएको छ ।
६. कोभिड–१९ को कारण विगत केही वर्ष देखि सञ्चालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरू यस वर्ष सञ्चालन हुनु र गत वर्ष कर्मचारीहरूको तलबमा भएको वृद्धिको कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको छ ।
७. विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको छ ।
८. ‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्