×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओरियन्टल इन्स्योरेन्सको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ३७.५९ प्रतिशतले बढ्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ओरियन्टल इन्स्योरेन्सको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ३७.५९ प्रतिशतले बढ्यो खुद नाफा

Artha Sarokar

६ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३७.५९ प्रतिशतले धेरै हो ।

इन्स्योरेन्सले अघिल्लो वर्षको सोहि अवधिमा २९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको बिमा कोषको आकार पनि १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बिमा शुल्क आर्जन पनि ७.५४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष कम्पनीले ९० करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो भने यो त्रैमासमा बढेर ९७ करोड ४९ लाख रुपैयाँमा पुगेको छ ।

यता, कम्पनीको खुद दाबी भुक्तानी पनि ५७ करोड ६२ लाख रुपैयाँबाट बढेर ५८ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । हाल ओरियन्टलको जगेडा कोषमा ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी