काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ । शुक्रबार सीआईबीले सुमेरु सिटी हस्पिटलकी डा.पुनम थापा चौधरीलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौंस्थित उनकै घरबाट पक्राउ गरिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । योसँगै नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ पर्नेहरुको संख्या ८ पुगेको छ ।
यसअघि सीआईबीले बिहीबार एमबिबिएस पढ्नका लागि आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको आरोपमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो । सीआईबीले चलाएको ‘फक्सट्रट चार्ली’ अपरेशन अन्तर्गत डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरी पनि पक्राउ परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्