काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल ७ रुपैयाँ ७८ पैसा र डिजेलको मूल्य ६ रुपैयाँ ६१ पैसा बढेर आएको हो ।
मंगलबार प्राप्त भएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोल र डिजेलको मूल्य बढे पनि खाना पकाउने एलपी ग्याँसको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।
निगमका अनुसार आईओसीले हरेक १५–१५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार नै नेपालमा स्वचालित मूल्य प्रणालीबाट मूल्य समायोजन हुनेछ । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्ने र ग्याँसको मूल्य घटेर आएकोले नेपालमा पनि ग्याँसको मूल्य घट्ने निगमले जनाएको छ ।
पछिल्लो केही दिनयता अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेकोले भारतमा आउने प्रशोधित तेलको मूल्य समेत बढेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्