×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोल लिटरमै ९ रुपैयाँले महंगियो, ग्याँस १३० रुपैयाँले सस्तियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पेट्रोल लिटरमै ९ रुपैयाँले महंगियो, ग्याँस १३० रुपैयाँले सस्तियो

Artha Sarokar

१७ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
बढेको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर नौ तथा डिजेल र मट्टितेलमा रु सात बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०, दोस्रोमा रु १५२ र तेस्रो वर्गमा रु १५३ कायम भएको छ ।
एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर रु एक हजार छ सय ६० मा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर रु १३० घटाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी