काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । भारतीय आयल कर्पोरेशन लिमिटेड (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो ।
नेपाल आयल निगमले स्वचालित मुल्य प्रणाली अनुसार भारतबाट मुल्य बढेर आएको भन्दै मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।
निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ । यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
समायोजन भएको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्