काठमाडौं । कैलालीमा पेट्रोल भनेर पठाइएको ट्यांकरमा डिजेल फेला परेको छ । नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेको हो ।
बिहीबार प्रादेशिक कार्यालय धनगढीबाट कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरस्थित मित्र ट्रेडर्समा पठाइएको पेट्रोलको ट्यांकरमा डिजेल फेला परेको हो । ट्यांकरमा छ भनिएको पेट्रोल मापन गर्दा मात्रा कम देखिएपछि थप परीक्षण गर्दा डिजेल मिसावट गरेका पाइएको मित्र ट्रेडर्सका सञ्चालक अजय बमले बताएका छन् ।
‘सँधैजसो पेट्रोल लिएर ट्यांक आयो । हामीले पनि सुरुमा खासै चासो दिएनौँ । तर पेट्रोल मापन गर्दा पेट्रोलको मात्रा कम देखियो ।’, उनले भने, ‘पछि चेम्बरबाट बाल्टीमा पेट्रोल झिकेर जाँच गर्दा डिजेल मिसावट गरेको पायौँ ।’
हाल पेट्रोलमा मिसावट भएको पाइएको ना ५ ख ७७३ नम्बरको ट्यांकर प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपी उक्त ट्यांकरले अघिल्लो पटक डिजेल बोकेको र बाल्टीमा मिसावट देखिएको डिजेल पाईपमा रहेको हुनसक्ने आशंका गरिएको छ । हाल पूरै ट्यांकरको पेट्रोल शुक्रबार नै परीक्षण गरिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्