×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ३९ लाख ठगीको आरोप !

PRIME CA
GLOBAL IME BANK

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ३९ लाख ठगीको आरोप !

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । इलाम जिल्ला रोङ गाउँपालिका वडा नं. ६ स्थाई घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल बस्ने ३१ वर्षी उमेश सेती सुरुवाल पक्राउ परेका हुन् ।
उनले सुरज श्रेष्ठ सहित ३ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिने भन्दै रकम ठगी गरेका थिए । पोर्चुगल पुगेपछि कृषि कम्पनीमा काम लगाईदिन्छु मासिक १ लाख बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर पिडितहरुबाट पटक पटक गरी ३९ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएको प्रहरीले जनाएको हो ।
वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयलाई निज उमेश सेती सुरुवाललाई खोजतलास गर्न भनि पत्राचार गरेको थियो । उनलाई कार्यालयबाट खटिएको प्रहरी टोलिले काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सुरुवाललाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: